विश्वकप स्टारको पुराना सम्झनाः ‘जतिबेला समर्थक थिएँ’

रसिया विश्वकप सुरु हुन १२ दिन बाँकी छ । विश्वकप आउनै लाग्दा फुटबल समर्थक पुराना विश्वकपको सम्झना गरीरहेका भेटिन्छन् । यसबाट अहिले विश्वकप खेल्न लागेका स्टार फुटबलर पनि पर छैनन् ।
विश्व फुटबलको महाकुम्भमा सामेल हुन लागेका उनीहरु कुनै जमानाका ठूलो फुटबल समर्थक थिए । खेलाडीहरुले आफू समर्थक हुँदाको यस्तै केही पुराना सम्झना फिफासँग साटेका छन् । उनीहरुको भिन्न खाले अनुभवले पुरानो विश्वकप र फुटबल युग बुझ्न सहयोग पुग्दछ ।

लुका मोडरिक (क्रोयसिया, मिडफिल्डर)
सन् १९९८ को फ्रान्स विश्वकपमा म १३ वर्षको थिएँ । त्यो बेलाको खेलहरु पहिले परिवार र साथीभाइसँग बसेर टेलिभिजनमा हेरेको थिएँ । जितपछि हामी अति धेरै रमाउथ्यौँ । त्यही विश्वकपदेखि क्रोयसिया अझ राम्ररी चिनिएको हो । पूरा विश्वले हाम्रो फुटबल चिनेको थियो । त्यही बेलादेखि नै मैले आफू पनि विश्वकप खेल्ने सपना बनाएको थिएँ । त्यो निकै अभूतपूर्व थियो ।

थियागो अल्कान्टारा (स्पेन, मिडफिल्डर)

मलाई पुरानो विश्वकप सम्झना आउने सन् १९९४ को हो । म तीन वर्षको मात्र थिएँ त्यसैले खेल नै भने याद छैन । त्यो बेला मेरो बुवा माजिन्हो ब्राजिलको टिमबाट विश्वकपमा विजयी हुनुभएको हो । उहाँ जितेर घर फर्किनुभएको मलाई याद छ । त्यसपछि सबै परिवार एक ठाउँमा भेला भएर गरेको रमाइलो याद आउँछ । मलाई सन् २०१० मा स्पेन र नेदरल्याण्ड्सबीच भएको फाइनल खेल पनि याद आउँछ । सबैभन्दा धेरै याद हुने इनिस्टाको गोल नै हो । त्यो स्पेनको फुटबल इतिहासकै उत्कृष्ट क्षण हो । त्यो समय म स्पेनको १९ वर्ष मुनिको टोलीमा थिएँ । इनिस्टाले गोल गर्ने वित्तिकै हामीले निकै खुसी मनाएका थियौँ ।

अलिरेजा जाँहबक्स (इरान, मिडफिल्डर)

मलाई परिवारसँग बसेर सन् २००६ को विश्वकप हेरेको सम्झना राम्रो छ । खेल हेरिरहँदा बाबुले मतिर फर्केर भन्नुभएको थियो, ‘एक दिन यही जर्सी लगाएर तिमीले विश्वकपमा खेलेको हेर्ने ठूलो धोको छ ।’ त्यो बेला म बालख नै थिएँ । त्यसको आठ वर्षपछि बाबुले भनेको सपना पूरा हुन्छ भन्ने हामी कसैले सोचेका पनि थिएनौँ । तर उहाँको सपना नै मेरो सपना भयो र त्यो पूरा पनि हुँदै छ ।

ग्याब्रियल जिसस (ब्राजिल, स्ट्राइकर)

मेरो गृहनगर फाबेलामा गएको तीन विश्वकपमा मैले सडक रंग्याएको थिएँ । ब्राजिलमा हामी विश्वकपका बेला खेलाडीको आकृति सडक र भित्ताहरुमा बनाउँछौँ । आˆनो घरअघि त्यस्तो गर्नु एउटा कर्तव्य जस्तो पनि बनेको छ । त्यो बेलामा मैले जति खुशीहरु पाएको छु त्यो पूरा गर्ने र अरुमा बाँड्ने अवसर यसपटक रसिया विश्वकपमा मैले पाएको छु ।

रडामेल फाल्काओ (कोलम्बिया, स्ट्राइकर)

मेरो विश्वकपको सम्झना सुनाउनु पर्दा म फ्रेडि रिन्कनलाई सम्झन्छु । कोलम्बियाकै उनले सन् १९९० को विश्वकपमा जर्मनविरुद्ध गरेको गोल सम्झन्छु । त्यो बेला म चार वर्षको थिएँ । कोलम्बियामा सबैजना त्यो गोलले धेरै खुशी भएका थिए । त्यसको उत्सव मनाएका थिए । हामी त्यो गोल बारम्बार हेर्दै हुर्किएका हौँ । त्यसको गहिरो छाप मभित्र परेको छ ।

जेभियर हर्नान्डेज (मेक्सिको, स्ट्राइकर)

मलाई याद आउने पुरानो विश्वकप सन् १९९८ को हो । जहाँ मेरा ठूला आइडल रोनाल्डो ब्राजिलबाट खेलिरहेका थिए । त्यो विश्वकप प्रसारण हुने समय मेरा लागि उपयुक्त थिएन । धेरैजसो दिन त स्कूलमा कक्षाहरु छिटो छिटो सकेर टेलिभिजनमा खेल हेर्न घर पुग्थें । त्यो दिनको सम्झनाहरु रमाइलो छ ।

हृयारी केन (इंग्ल्याण्ड, स्ट्राइकर)

मलाई सन् २००२ को विश्वकपको सम्झना आउँछ । त्यसमा पनि इंग्ल्याण्डविरुद्ध क्वाटरफाइनलमा ब्राजिलबाट रोनाल्डिन्होले टप कर्नरमा हानेको फ्रि किक गोल याद आउँछ । त्यो गोल सम्झँदा आजसम्म पनि मलाई नरमाइलो लाग्छ । त्यो विश्वकपको पुरानो दिनको सम्झना हो । त्यसपछिका हरेक वर्ष त्यहाँ पुग्ने र आˆनो खेल देखाउने सपना ममा रहेको छ ।

जुलियन ड्राक्सलर (जर्मनी, मिडफिल्डर)

मैले राम्ररी याद गरेर हेरको सन् २००६ को विश्वकप हो । सन् २००२ मा म अलि सानै थिएँ । धेरै कुरा याद छैन । २००६ मा विश्वकप जर्मनीमै भएको हो । मैले परिवारसँगै त्यो विश्वकपको हरेक क्षण राम्ररी हेरेको छु । जर्मनी टिमले त्यो बेला राम्रो खेलेको हो । उनीहरुले खेलेका प्रत्येक खेल एक हाइलाइट्स जस्तो छ । निकै रोचक ।

इगर एकिनफिभ (रसिया, गोलकिपर)
सन् १९९४ मा अमेरिकामा भएको विश्वकप मलाई याद छ । त्यसका राम्रा सम्झनाहरु अझै छन् । त्यही बेला फुटबल के हो भन्ने मैले राम्ररी बुझेको थिएँ । हरेक मुभ, पूरै खेल राम्ररी याद छ । क्यामरुनसँगको रसियाको खेल मलाई याद आइरहन्छ । जहाँ ओलेग सालेन्कोले पाँच गोल हानेका थिए । रसिया ६-१ ले विजयी भएको थियो ।

सन हेंगमिन (कोरिया रिपब्लिक, फरवार्ड)

सन् २००२ को विश्वकपको धेरै कुराहरु मेरो सम्झनामा छ । क्वाटरफाइनलमा स्पेनसँग भएको पेनाल्टी सुट आउट अझै आँखामा छ । हरेक समर्थकमा फुटबलको पागलपन चढेको थियो । पेनाल्टी सुटमा जे भयो त्यो विश्वास गर्न अप्ठ्यारो भएको थियो । हरेक समर्थक रातो जर्सीमा देखिएका थिए । त्यो विश्वकपको कुनै एक मात्र कुरा म बताउनै सक्दिन । हरेक कुरा विशेष थिए ।

नेमार (ब्राजिल, फरवार्ड)

विश्वकपको मेरो पहिलो सम्झना सन् १९९४ को हो । त्यो बेला म दुई वर्षको मात्र भएपनि विश्वकपका केही कुराहरु याद छन् । त्यो बेला टेलिभिजनमा खेल हेरेको याद छ । हल्याण्डविरुद्ध रोमारियोले गोल गरेको पनि याद छ । रोबेर्टोले क्रस पास दिएका थिए, त्यसलाई रोमारियोले उत्कृष्ट गोल गरेका थिए ।

पोउल पोग्बा (फ्रान्स, मिडफिल्डर)

सन् १९९८ मा फ्रान्सन्सले ब्राजिललाई फाइनलमा ३-० ले हराएको मलाई याद छ । त्यो बेला म ६ वर्षको थिएँ । घरमा बसेर अरुहरुसँगै टेलिभिजनमा खेल हेरेको मलाई याद छ । फाइनलमा प|mान्सले जितेपछि हामी सबै बाहिर निस्किएर पार्किङमा राखेको कारमाथि चढेका थियौँ । त्यो बेला हामी निकै खुशी थियौँ ।

Comment here