छुरा बोकेका लुटेराबाट लुटिए मनि ट्रान्सफर सञ्चालक

मंसिर १२, विराटनगर l
 इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिएका छन् । इटहरीको विराटनगर लाइनस्थित एक्टिभ मनि ट्रान्सफरका सञ्चालकलाई अज्ञात व्यक्तिले छुरा प्रहार गरी नगद लुटेर भागेका हुन् । मुखमा कालोपट्टि बाँधेर आएका व्यक्ति र सञ्चालकबीच केही समय घम्साघम्सी समेत भएको थियो । लुटेराको छुरा प्रहारबाट सञ्चालकलाई घाइते बनाएर काउन्टरमा रहेको नगद लुटिएको हो । मनि ट्रान्सफर नजिकै मेघा डेन्टलका डा. तृप्तनारायण यादवले घाइते सञ्चालकलाई अस्पताल पुर्याएका थिए । मनि ट्रान्सफर अगाडी केही मिटरको दूरीमा प्रहरी बिट रहेको छ ।

घटना भएको आधा घण्टापछि मात्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरू गरेको छ ।

 

 

 

 

 

Comment here