कांग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

मंसिर १२,काठमाडौं ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको बैठक बुधबारबाट नुवाकोटको ककनीमा हुने भएको छ । कांग्रेसको मंसिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मंसिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो ।

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट कांग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने छ । यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ ।

Comment here