गृहमन्त्री थापा र उत्तर कोरीयाली राजदुतबीच भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौं,१४ मङसिर ।

गृहमन्त्री रामबहादुर थापा ‘बादलसँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले  शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कनु लाग्नुभएका राजदुत हकलाई गृहमन्त्री थापाले नेपालमा उहाँको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।

राजदुत हकले आफनो कार्यकालमा नेपाल र उत्तर कोरीयाबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले धन्यवाद व्यक्तगर्नुभयो ।

भेटमा राजदूत हकले आफ्नो नेपाल बसाई सुखद रहेको बताउँदै नेपाल र उत्तर कोरियाको सम्बन्धलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Comment here