यू-२१ ब्याडमिन्टन च्याम्पियनसिप : नेपाल बन्यो नेपाल च्याम्पियन

काठमाडौं,१४ मङसिर ।

भारतले दोस्रो दक्षिण एसियाली यू—२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल पुरुष एकलमा च्याम्पियन बनेको छ । बिहिबार भएको पुरुष एकलको फाइनलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२, २१–१७ ले पराजित गरे ।

मिक्स टिम स्पर्धाको उपाधि भारतले जितेको छ । फाइनलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उक्त उपाधि जितेको हो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा भारतले महिला एकल, पुरुष युगल र महिला युगलमा नेपाललाई हरायो ।

महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८, २१–५ ले पराजित भईन् । पुरुष डबल्समा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१–१५, २१–१७ ले हराए । महिला डबल्समा नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५, २१–५ ले पराजित भए ।

प्रतियोगितामा बंगलादेश र श्रीलंका तेस्रो भयो । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, मालदिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए ।

Comments (1)

  1. Whats Happening i am new to this, I stumbled upon this I’ve found It positively helpful and it has helped me out loads. I hope to give a contribution & help other users like its aided me. Good job.

Comment here