रत्ननगरमा प्रथम मेयर कप फुटवल प्रतियोगिता सुरु

चितवन । रत्ननगरको टिकौली चौरमा आइतवार देखि अन्तर वडा स्तरीय नकआउट प्रथम मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । रत्ननगर नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिताको मेयर नारायण वनले उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले नगरको खेलकुल विकासको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । खेलकुदको विकासको लागि खेलाडीको क्षतमा विकास र पूर्वाधार निर्माणलाई जोड दिइएको उनको भनाइ छ ।

वडा नं १ र १५ बीच आइतवार भएको उद्घाटन खेलमा वडा नं १ को टीम विजयी भएको छ । निर्धारित समय भित्र एक एक गोलको बरावरी भएपछि पेलान्टी सुटआउटमा २ का विरुद्ध ४ गोल अन्तरले वडा नं १ विजयी भएको हो । सो खेलमा म्यानअफ दी म्याच वडा नं १ का जागृत चौधरी घोषित भएका थिए ।

सो प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टीमले २२ हजार २२२ र दोश्रो हुने टीमले १५ हजार ५५५ रुपैया पुरस्कार र शिल्ड मेडल प्राप्त गर्ने समितिका अध्यक्ष केशब आचार्यले जानकारी दिए ।

नगरभित्रका उत्कृष्ठ खेलाडीको पहिचान र नगर स्तरीय खेलकुद टीम तयार गर्न वडा स्तरीय फुटवल आयोजना गरिएको अध्यक्ष आचार्यले बताए । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले मन्तव्य राखेका थिए । कार्यक्रम कार्यपालिका सदस्य तथा नगर प्रबक्ता राजेन्द्र हमालले सञ्चालन गरेका थिए ।

Comment here