खोलेसिमलमा लैङ्गिक हिंसा न्यूनीकरण कार्यक्रम

चितवन । कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी साक्षरता, लागुऔषध तथा मदिराजन्य पदार्थ नियन्त्रण सम्बन्धि अभिमूखीकरण कार्यक्रम गरिएको छ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, हामीलाई छैन स्वीकार’ भन्ने मूल नाराका साथ शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत आज भएको कार्यक्रम शहीद स्मृति प्रतिष्ठान चितवनका कोषाध्यक्ष सविता लामाको अध्यक्षतामा भएको थियो ।
शहीद स्मृति प्रतिष्ठान, पूर्व जनमुक्ति सेना संघ र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजना तथा कालिका नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा चर्तुमुखी मा.वि., जमुनापुर मा.वि., पृथ्वी मा.वि., सिद्धि विनायक आवासीय मा.वि., चित्रवन एकेडेमी र पदमपुर शिक्षा निकेतनका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरु नेपाल बार एसोसियसन चितवनका पूर्व अध्यक्ष गोपीलाल देवकोटा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाह, नयाँ जीवन पुनःस्थापना केन्द्र गैडाकोटाका अध्यक्ष विकल क्षेत्री लगायतले लागुऔषध दुव्र्यसनी, लैङ्गिक हिंसा, मदिराजन्य पदार्थ नियन्त्रणका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, नेकपाका नेता जयचन्द्र प्रसाद चौधरी, राजपाका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठ, पदमपुर खानेपानी संस्थाका अध्यक्ष रामचन्द्र पौडेल, महिला स्वयम्सेविका शारदा देवी रेग्मी, चर्तुमुखी मा.वि. का सहायक प्राचार्य पूर्ण बहादुर पुरी, पूर्व जनमुक्ति सेना संघका जिल्ला अध्यक्ष देवी प्रसाद ढकाल लगायतले आफ्ना भनाइहरु व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व जनमुक्ति सेना संघका जिल्ला सचिव रुद्र बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी सचेत सिर्जनशील दिदीबहिनी समूह कालिका ६ को आयोजनामा १ दिने लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना अभियान एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ । पृथ्वी मा.वि. भटेनीमा भएको कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अवसरमा विद्यार्थीहरुलाई लागुऔषध र दुव्र्यसनी नियन्त्रणको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, संस्थाका सचिव मालती भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष इन्दिरा भट्टको अध्यक्षतामा भएको थियो ।

Comment here