विद्यालयस्तरीय नृत्य प्रतियोगिता, जिग्री र पाडेले हसाए

चितवन  । पूर्वी चितवनमा जारी खैरहनी महोेत्सवको तेश्रो दिन विद्यालयस्तरीय नृत्य प्रतियोगिता भएको छ ।
पहिलो चरणबाट छनौट भएका १० वटा विद्यालयबीच प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धाबाट ६ वटा विद्यालय फाईनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धाबाट आईरिस एकेडेमी,मदरल्याण्ड एकेडेमी पर्सा,एन्जल्स वल्र्ड टाँडी,सैनिक आवासीय मावि,डेजी इंग्लिस वोडिङ स्कुल र नेपाल आर्दश शिक्षा सदन फाईनलमा प्रवेश गरेको महोत्सवका कला तथा सास्कृतिक व्यवस्थापन समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिए । फाईनल मंसिर २३ गते हुनेछ ।
यस्तै महोत्सवको तेश्रो दिन मंगलवार भएको कुस्ती प्रतियोगिताबाट नेपालका जुग्नु थापा सेमीफाईनलमा प्रवेश गरेका छन् ।
भारतका गव्वर र राजुलाई पराजीत गर्दै नेपाल रुपन्देहीका थापा सेमीफाईनलमा प्रवेश गरेका हुन् ।
सेमीफाईनलको खेल बुधवार तथा फाईनल विहीवार हुने सास्कृतिक समिति संयोजक लम्सालले वताए ।
उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा जारी महोत्सवमा मंगलवार हास्यकलाकारहरु पाँडे र जिग्रीको हास्यप्रहसन रहेको थियो भने लोकदोहोरीमा स्थानीय गायिका सिता कडेंल र शिशिर तिल्सीनाको प्रस्तुती रहेको थियो ।
हास्य प्रहसनमा जिग्री र पाण्डेको प्रस्तुतीमा दर्शकहरु पेट मिचिमिची हासेको देखिन्थ्यो ।
बुधवार लोकदोहोरी गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियार तथा लोकदोहोरी गायक मिलन लामाको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवको तेश्रो दिन सम्म करिव १५ हजार दर्शकले अवलोकन गरेको संघका महासचिव कुमार खनालले जानकारी दिए । समग्र पूर्वी चितवनको कृषि,पर्यटन,उद्योग,संस्कृतिको विकास गर्ने उदेश्यका साथ आयोजित महोत्सव यही मंसिर २४ गते सम्म चल्ने छ ।

Comment here