चितवन महोत्सवको तयारी : पर्यटन प्रवद्र्धनमा प्रमुख जोड

चितवन। ‘चितवनको गौरव र गरिमामय  प्रस्तुति’ भन्ने मूल नाराकासाथ आउंँदो पुष २५ गतेदेखि चितवन महोत्सव आयोजना हुदैछ । माघ ४ गतेसम्म नारायणी नदी किनारमा चल्ने महोत्सवको यस बाह्रा्रै संस्करण नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित रहनेछ । चितवनको पर्यटकीय क्षेत्रलाई चिनाई यस जिल्लालाई देशकै पहिलो पर्यटकीय गन्तव्य बनाउन टेवा पुगोस् भन्ने हेतुले महोत्सव स्टलमा बन्यजन्तु तथा पंछीको मुर्ती राखी कृत्रिम चिडीयाखाना समेत बनाउन लागिएको छ । यहांँका १०० वटा पर्यटकीय गन्तव्यलाई छनौट गरी पर्यटक गाइड बुक तथा ब्रोसरहरु समेत तयार गरिएको छ । हरेक दुई–दुई बर्षमा उद्योग वाणिज्य संघ चितवनले आयोजना गर्दै आएको महोत्सवको प्रमुख आर्कषणको रुपमा चितवनको पर्यटन प्रर्वद्धन गरिने संघका अध्यक्ष तथा मुल समिति संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार उक्त चिडीयाखानामा चितवनका गैडा , बाघ, भालु हात्ती , चराचुरुङ्गी लगायत विदेशमा पाइने जनावरको समेत मूर्ति बनाउन लागिएको छ ।

२०५२ सालबाट शुरु भएको महोत्सवमा पोल्ट्रीलाई प्रर्वद्धन गर्ने उद्धेश्यले पोल्ट्रीको बिशेष स्टल राखिएको थियो जसका कारण पोल्टीक्षेत्र स्थापित हुन पुगेको थियो । ‘यसपटक पर्यटन भ्रमणबर्ष २०२० लाई लक्षित गर्दै हाल पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरिने छ जसबाट चितवनको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने हामीले आशा गरेका छौं ’ प्रधानले भन्नुभयो ।
करीब ५सय ५० स्टल रहने सो महोत्सवमा पर्यटनलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउन विभिन्न सेमिनार, गोष्ठी तथा छलफल आयोजना गरिने भएको छ । यसका साथै चितवनका ऐ्तिहासिक, धार्मिक पर्यटकीय स्थलको अवलोकन गराउने र दर्शकको मनोरञ्जनको लागि हेलिकप्टरबाट दृश्यावलोकन गराइने छ । नारायणी नदीकिनारमा मोटर बोटिङ्गको समेत सुविधा रहनेछ । ६०० भन्दा बढी मिटर लम्बाइ रहेको नारायणी किनारको नदीमा स्थानीय कृषि उत्पादन तथा औद्योगिक उत्पादनलाई प्रर्वद्धन गर्ने उद्धेश्यले अलग्गै स्टल राखिने प्रधानको भनाई छ । ‘जसले गर्दा चितवनलाई प्रत्येक क्षेत्रको संभावनाको रुपमा विकसित गर्न सकिनेछ’ प्रधानले भन्नुभयो । यसभन्दा अघि पोल्ट्री, केरा माछलाई प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न परिकारकासाथ प्रर्वद्धन गरिएको थियो जसबाटे वजार प्रवद्र्धन भै चितवन जिल्ला यी उत्पादनको लागि नेपालमा अग्रणी हुन पुगेको छ ।
महोत्सवलाई थप आर्कषण दिन मेड इन नेपाल स्टल रहने पनि उहांँले बताउनु भयो ।
‘उक्त स्टलमा नेपालमा मात्रै उत्पादन भएको वस्तुहरुको प्रर्दशन गरिने छ’ उहाँले भन्न्ुभयो । पर्यटन प्रर्वद्धन गर्न आउने दर्शकलाई मनोरञ्जन दिलाउनको लागि डुंगा दौड प्रतियोगिता , फन पार्क निर्माण गरिन लागिएको छ । अघिल्ला बर्षहरुमा जस्तो भड्किला रुपमा राखिएका मौतका कुवा, पिङ्ग लगायतका सामाग्रीहरुलाई हटाई वातावरणमैत्री पार्क लगायतका बालमैत्री सामाग्री मात्र राखिने प्रधानको भनाई छ । विभिन्न प्रकृतिका स्टलहरु मध्ये चितवनको पर्यटनलाई उजागर गर्न विभिन्न जातजातिका रहनसहन भेषभुषालाई समेत प्रर्दशन गर्न कलात्मक सिर्जनाहरु राखिने भएको छ । महोत्सव व्यवस्थापन समितिले सामाजिक कार्य गर्ने संस्थाहरुको लागि निशुल्क स्टलहरु समेत राख्न व्यवस्था छ ।

हाल महोत्सवको लागि विभिन्न जिम्मेवारीका साथ समिति उपसमितिहरुको गठन भइसकेको र उनीहरुले आफ्नो तयारी अगाडि बढाई सकेको महोत्सवका व्यवस्थापन अधिकृत गौरव खतिवडाले जानकारी दिनुभयो । महोत्सबको लागि हाल महोत्सव परिसर सफा गर्ने, सम्याउने कार्य भइरहेको छ । स्टल बुकिङ्ग काम समेत धमाधम भएको जानकारी दिदै खतिवडाले हाल सम्म १७५ वटा स्टल बुकिङ्ग भइसकेको खतिवडाले बताउनु भयो । उहांँको अनुसार महोत्सबको लािग टेस्ला कम्पनी मुख्य प्रायोजक र सहप्रायोजकमा एवीसी एजुकेसन कल्सल्टयान्सी र ग्लोवल आएमई बैंक रहने बताइएको छ । अन्यबर्षहरुमा भन्दा फरक तरीकाले महोत्सवको आयोजना गरिएकोले यसपटक देशभरीबाट स्टल तथा अवलोकन कर्ताको उल्लेखनीय प्रतिनिधित्व रहने अपेक्षा आयोजक संस्थाले गरेको छ ।

Comment here