खैरहनी महोत्सव : एकै दिन २० हजारले गरे अवलोकन

चितवन । पूर्वी चितवनमा जारी खैरहनी महोत्सवमा शनिवार एकै दिन २० हजार भन्दा वढि दर्शकले अवलोकन गरेका छन् । महोत्सवको सातौ दिन शनिवार विदाको दिन पनि परेकाले करिव २० हजार भन्दा वढि दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक उद्योग वाणिज्य संघ खैरहनीका तृतिय उपाध्यक्ष रामेश्वर पोखरेलले जानकारी दिए ।

संघ र खैरहनी नगरपालिकाको आयोजनामा मंसिर १६ गतेदेखी लदरी खोला किनारमा महोत्सव चलिरहेको छ । शनिवार वच्चादेखी वृद्ध सम्मको उपस्थिती देखिन्थ्यो ।
महोत्सवको स्टलहरु पनि खचाखच रहेको थियो । यसअघिका दिनहरुमा दैनिक ७ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । शनिवार दर्शकको उपस्थितीले हौसला मिलेको उद्योग वाणिज्य संघका महासचिव कुमार खनालले वताए । महोत्सवको वाँकी तीन दिन पनि दर्शकको उत्साहजनक साथ पाउने विश्वास रहेको खनालको दावी छ ।
सास्कृतिक कार्यक्रममा शनिवार चर्चित गायक टंक वुढाथोकी,अशोक दर्जी,एआर वुढाथोकी,दुर्गा सापकोटा ,मिलन लामाको प्रस्तुती रहेको थियो । सानै उमेरमा मन विनाको धन ठुलो की धन विनाको मन वोलको गीत गाएर चर्चित वनेका अशोक दर्जीलाई हेर्न र उनको प्रस्तुती अवलोकनका लागि दर्शकहरुको घुंईचो लागेको थियो ।
महोत्सवको आठौ दिन आईतवार लोकदोहोरी गायक रामजी खाँड,गायिका भुमिका गिरी,गायक मिलन लामा,गायिका दुर्गा सापकोटा ,हास्य कलाकार ज्योती काफ्ले लगायत स्थानीय कलाकारको प्रस्तुती रहने सास्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । कृषि,पर्यटन,व्यापार,उद्योग,संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सव मंसिर २५ गते सम्म चल्ने छ ।

Comment here