हात्ती महोत्सव पुष ११ गतेदेखी सौराहामा सुरु हुने

मंसिर २४ गते ।  १५ औं चितवन हात्ती महोत्सव यही पुष ११ गतेदेखी सुरु हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुने लागेको हात्ती महोत्सवका बारे सोमवार सौराहामा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । संघको आयोजनामा प्रत्येक वर्ष हात्ती महोत्सव हुदै आएको छ ।

  १५ औं संस्करणको हात्ती महोत्सव पुष १५ गते सम्म चल्नेछ । महोत्सवमा हात्तीको वनभोज कार्यक्रम,हात्ती फास्ट वाक प्रतियोगिता,हात्तीका छावाहरुबीचको फुटवल प्रतियोगिता,हात्ती सुन्दरी प्रतियोगिता,हात्ती पोलो,हात्ती पेन्टिङ,कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सास्कृतिक कार्यक्रम हु्ने सो अवसरमा जानकारी दिईयो । हात्ती फास्ट वाकमा २० वटा हात्ती, हात्ती पोलोमा ४ टिम ,छावाहरुको फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीको सहभागीता रहने घिमिरेले वताए ।

महोत्सवका लागि ४९ लाख १० हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव हुने छ । पत्रकार सम्मेलनमा वोल्दै संघका प्रथम उपाध्यक्ष दिपक भट्टराईले हात्ती महोत्सवले नेपालको अन्य महत्वपुर्ण पर्यटकीय स्थानसहित विदेशमा समेत यसको गतिविधी स्थापित भई पर्यटन प्रवद्र्धनमा टेवा पुगेको वताए । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार विष्ट,द्धितिय उपाध्यक्ष भेषराज दुवाडी,तृतिय उपाध्यक्ष योगेन्द्र अधिकारी, रेवानका अध्यक्ष गोकर्ण गिरी ,युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,संघका महासचिव राममणी खनाल, लगायतको उपस्थिती रहेको थियो ।

Comment here