रेडक्रस सोसाईटी उपशाखा पटिहानीको सातौँ अधिवेशन

अपिल घिमिरे

पटिहानी । पटिहानीमा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा पटिहानीको सातौँ अधिवेशन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश नं तीन का माननीय सांसद रामलाल महतोले अधिवेशनको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा संसद महतोले रेडक्रस भवनको समेत उद्घाटन गर्नुभयो ।
कार्यक्रममा रेडक्रस सोसाइटी शाखा चितवनका उपमन्त्री शालिग्राम पौडेल, भरतपुर १३ का वडाध्यक्ष प्रकाश दवाडी , २२ का वडाध्यक्ष बिष्णु राज महतो , गितानगर शाखाका सभापति रूद्र अधिकारी लगायत ले शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा संस्थाका सचिव रामजीप्रसाद सापकोटाले बार्षिक र कोषाध्यक्ष धर्म राज महतो ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
पटिहानी शाखाका सदस्य कृष्णहरी शर्मा ले रेडक्रस का सात सिद्धान्त हरू बाचन गर्नु भएको थियो।


रेडक्रस उप–शाखा लाई भवन निर्माण गर्न १२ धुर जग्गा प्रदान गर्नु हुने शाखाका संस्थापक सभापति समाजसेवी स्वकमलराज पाण्डे र उहाँका परिवर प्रति कृतज्ञता प्रकट गरिएको थियो ।हाल सम्म एक जना यशस्कर सदस्य र२०२ जना आजीवन सदस्य रहेको शाखा संग आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरि सेवा प्रदान गर्दै आएको छ। संस्थाले २०७२ सालमा गएको बिनाशकारी नुवाकोट को गेर्खुमा भूकम्पमा परी मृत्यु भएका तथा घाइते भएका हरूलाई राहत वितरण गर्नुका साथै २०७४ मा बाढीबाट प्रभावित क्षेत्रमा समेत राहत पुर्याएको थियो।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीका सभापती कुमार प्रसाद थपलीयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सह सचिव बिष्णुहरी घिमिरेले उपस्थित प्रमुख अतिथि , बिशिष्ट अथिति लगायत लाई स्वागत गर्नु भएको थियो।

Comment here