चितवनको सौराहामा दन्त चिकित्सकहरुको भेला, ज्ञान,सीप र अनुभवको अदानप्रदान मुख्य उद्देश्य 

शिशिर सिंखडा, चितवन २६ माघ । दन्त चिकित्सा क्षेत्रमा कार्यरत डाक्टरहरुको भेला चितवनको सौराहामा सम्पन्न भएको छ । दन्त चिकित्सा क्षेत्रमा भएको नयाँ प्रविधि,ज्ञान,सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सो भेलाको आयोजना गरिएको हो ।
नेपाल डेन्टल एसोसियसन चितवनको आयोजनामा भएको कार्यक्रममा दन्त चिकित्सा क्षेत्रका नयाँ र पुराना चिकित्सक बीच प्रविधि र अनुभवको साटासाट गर्दा दन्त उपचार क्षेत्रमा प्रभावकारी हुने भएकाले यस प्रकारको भेला आयोजना गरिएको एसोसियसनकी चितवन अध्यक्ष डा. विएम खरेलले बताउनु भयो । दन्त चिकित्सा क्षेत्रमा कार्यरत डाक्टरहरु बीच भेटघाट हुन पाउनु पनि महत्वपूर्ण भएको उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल डेन्टल एसोसियसनका केन्द्रीय अध्यक्ष प्रविन्द अधिकारीले चितवनमा भएको क्षेत्रीय भेलाले दन्त चिकित्सा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै दात र मुख सम्बन्धी उपचारमा यो भेलाले धेरै कुराहरुको लाभ लिन सकिने बताउनुभयो । अहिले पनि ग्रामिण क्षेत्रमा दाँतका रोगीहरु झार फुक गर्र्ने र धामिझाक्रीमा जाने गरेको पाइएको भन्दै जनचेतना जगाउन सबै लाग्नु पर्ने बताउनुभयो । साथै उहाँले राज्यको तर्फबाट यस क्षेत्रमा आवश्यक सहयोगको अपेक्षा समेत गर्नुभएको थियो ।

एशोसियसनका महासचिव कुम्भराज जोशीले नीतिगत हिसावमा दन्त चिकित्सा क्षेत्रमा राज्यको आँखा कम पुगेको भन्दै यस क्षेत्रका समस्या र चुनौती तर्फ राज्यले सकारात्मक भूमिका खेलिदिन उहाँले आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा डा.रिस्नु केसी,नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले आ आफ्नो भनाई व्यक्त गर्नुभएको थियो ।नेपाल डेन्टल एसोसियसन चितवनकी अध्यक्ष डा.विएम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा डा.निल पाण्डे,डा.रिता सिंह,डा.आयुष खरेल,डा.रन्जिता श्रेष्ठ,डा.सुमी मल्ल र डा.दिनेश शर्मा भूषालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

हाल नेपालमा करिब २ हजार ७ सय दन्त चिकित्सक रहेका छन भने चितवनमा मात्र करिब ८० जना डाक्टरहरु विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत छन ।

Comments (1)

  1. I haven¦t checked in here for some time because I thought it was getting boring, but the last several posts are good quality so I guess I¦ll add you back to my daily bloglist. You deserve it my friend 🙂

Comment here