निर्देशक बिकको नाममा ‘द शिवस् शो’ चितवनमा हुँदै

निर्देशक बिकको नाममा ‘द शिवस् शो’ चितवनमा हुँदै

माघ २७, काठमाडौँ ।

अपाङ्ग भएका कलाकारको सहयोगका लागी म्युजिक भिडियो निर्देशक शिव बिकको नाममा ‘द शिवस् शो’ हुने भएको छ । यही माघ २८ गते चितवनको सौराहास्थित थारु कल्चर हाउसमा उक्त कार्यक्रम हुने भएको निर्देशक शिव बिकले जानकारी गराएका छन् ।

दैलेखका कलाकार रमेश खत्री ०७२ सालको महा भूकम्पमा परी दुवै खुट्टा गुमाएका तथा आर्थिक अवस्था पनि कम्जोर भएको छ । त्यस्तै दाङकी कलाकार मिना पुनको पनि आगोमा जलेर एक खुट्टा गुमाएकी छन् । उनीहरुकै सहयोगका निम्ती सोही कार्यक्रम गर्न लागिएको निर्देशक बिकले बताए ।

दुई कलाकारको सहयोगार्थ गर्न लागिएको उक्त कार्यक्रममा लोक गायक मिलन लामा, हाँस्यकलाकार महादेव त्रिपाठी, मोडेल दिपाशा बिसी, स्मृती शाही, दिनेश डिसी, भुवन प्यासी, जहान्वी बस्नेत, अमित रसाइली, उषा लामा, उशिका बिक, र उर्वशी बिक लगायतका कलाकारहरुको सहभागीता रहने निर्देशक शिव बिकले बताएका छन् । बिक धेरै लामो समयदेखि विभिन्न म्युजिक भिडियोको निर्देशनमा सफल निर्देशकको नामले चिनिएका छन् ।

Comment here