चितवनको सौराहामा फुड फेष्टिवलको तयारी पुरा,भोली पुर्वअर्थमन्त्री पाण्डेले उद्घाटन गर्ने

माघ २७ गते । चितवनको पर्यटकीय नगरी सौराहामा भोली सोमवारदेखी सुरु हुने फुड फेस्टिवलको तयारी पुरा भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले
हुन लागेको फेस्टिवलको सम्पुर्ण तयारी पुरा भएको आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियसन रेवान सौराहाले जनाएको छ ।

यस पटकको फुड फेस्टिवल १३ औं संस्करणको हो । रत्ननगर ७ स्थित सिसुवार चौरमा हुने फेस्टिवलको पुर्व अर्थमन्त्री एवंम प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । फेष्टिवल उद्घाटन शोभायात्रा निकालिने छ । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरीक पर्यटक प्रर्वद्धन गर्ने उदेश्य राखी फेस्टिवल आयोजना गर्दै आएको छ ।

फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहने छन् । संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर बृद्धि गर्ने फेष्टिवलको अर्को उद्देश्य रहेको फेस्टिवल संयोजक धु्रव गिरीले वताए । फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले वताए ।

फेष्टिवलबाट भएको आम्दानीबाट आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले वताए ।

Comment here