चितवनको पर्यटकीय नगरी सौराहा १३ औं फुड फेष्टिवल सुरु, व्यक्ती धनी वन्न व्यवसाय गर्नु पर्छ – पुर्व अर्थमन्त्री पाण्डे

चितवन,२८ माघ । चितवनको पर्यटन प्रर्बद्धनको लागि पर्यटकीय नगरी सौराहामा सौमवार देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले व्यक्ती धनी हुन व्यवसाय गर्नु पर्ने वताएका छन् ।

रेवान सौराहाको आयोजनामा सोमवार सुरु भएको १३ औं सौराहा फुड फेस्टिवलको उद्घाटन गर्दै पुर्व अर्थमन्त्री पाण्डेले धनी हुन जागिर खाने नभई व्यवसाय गर्नु पर्ने वताएका हुन् । जागिरले मान्छेको आर्थिक स्थिती उकासिदैन पुर्व अर्थमन्त्री पाण्डेले भने – अर्को पिढिलाई समेत सहज वनाउन व्यवसायलाई जोड दिनु पर्छ । पुर्वअर्थमन्त्री पाण्डेले बाढीबाट पुर्वी चितवनलाई सुरक्षित गराउन राप्ती नदि र कयर खोलामा स्थायी किसिमको तटवन्धन गर्न लागिएको वताए । त्यसका लागि राप्तीमा सर्वेको काम भईसकेको र कयर खोलामा विस्तृत योजना प्रतिवेदन तयार भई प्रक्रिया अघि वढीसकेको उनले वताए ।


उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभायात्राले सौराहा परिक्रमा गरेको थियो । फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटिहल निर्माणको काम सुरु भइसकेको बताए । भ्यालेन्टाइन डे को अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियन९रेवान० सौराहाले फेष्टिवलको आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी,मेयर नारायण वनले सरकार र व्यवसायी बीचको सयुक्त प्रयासले मात्र सौराहाको विकास सम्भव रहेको बताएका थिए । फेष्टिवल सौराहा नजिक रहेको सिसुवार खेल मैदानमा सुरु भएको हो ।

फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहेको संयोजक ध्रुव गिरीले बताए । फेष्टिवलमा विदेशी सहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको छ । फेष्टिवल परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए । संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर बृद्धि गर्ने फेष्टिवलको अर्को उद्देश्य रहेको गिरीले बताए । यस बर्ष फेष्टिवलमा प्लाष्टिकको प्रयोग न्यूनीकरण गरिएको छ । फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । फेष्टिवलबाट भएको आन्दानीबाट वडा नं ५,६,७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिनेछ । फेष्टिवल उद्घाटन कार्यक्रममा रेवान सौराहाले ह्वील चियर प्रयोगकर्ताहरु जीवन चौधरी,डोनिस तामाङ र सुखाडी माझीलाई ह्वीलचियर प्रदान गरेको थियो ।

उद्घाटन कार्यक्रममा वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दुतावासका महावाणिज्य दुत रमेश चर्तुर्वेदी,वडा नं ६ का वडा अध्यक्ष बलराम दाहाल,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विविता चौधरी लगायतले मन्तव्य राखेका थिए । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फेष्टिवलका संयोजक ध्रुव गिरीले स्वागत मन्तव्य राखेका थिए ।

Comment here