निशान स्मृति प्रतिष्ठानको आयोजनामा भोली बुधबार खुल्ला रक्तदान तथा २४औं जनयुद्ध दिवश मनाइदै

चितवन २९ माघ ।
पूर्वी चितवनको रत्ननगर १५ माधवपुर स्थित निशान स्मृति प्रतिष्ठानको आयोजनामा भोली बुधबार बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ‘रक्तदान महादान, रक्तदान पुण्यको काम’ भन्ने मुल नाराका साथ आयोजना हुने रक्तदान एवम् २४औं जनयुद्ध दिवश कार्यक्रम बिहान ७ः३० बजे साविक पिठुवा ८ हाल रत्ननगर १५ मिलीजुली चोकमा हने प्रतिष्ठानका अध्यक्ष द्रोण प्रसाद लामिछानेले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल, घनश्याम दाहाल, कञ्चन खनाल, रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन लगायतको उपस्थिती रहने लामिछानेले जानकारी दिए । सो कार्यक्रममा रक्तदानका अतिरिक्त २४औं जनयुद्ध दिवश तथा श्रद्धाञ्जली सभा समेत गरी मनाइने उनले बताए ।

को हुन् निशान ?
बुबा टेक प्रसाद लामिछाने र आमा इममाया लामिछानेको कोखबाट जन्मिएका ऋषि लामिछाने (निशान) माहिला छोरा हुन् । वि.सं. २०४० साल फागुन ९ गते गोरखाको भुम्लीचोकमा जन्मिएका उनी २०५७ सालमा जन जागृति उच्च मा.वि. बाट एस.एल.सी. उत्तीर्ण गरेका थिए ।

लामिछाने परिवार गोरखाबाट बसाई सरी २०५१ सालमा तत्कालिन पिठुवा ८ माधवपुर हालको रत्ननगर १५ मा आएका थिए ।

स्कुल जीवनदेखि माओवादी समर्थक रहेका ऋषि लामिछाने तत्कालिन नेकपा माओवादीमा एस.एल.सी. उत्तीर्ण भएपछि भने उनी पूर्णकालिन रुपमा पार्टीमा खटिएका थिए । तत्कालिन स्पेशल टास्क फोर्स सैन्य विभाग चितवन नवलपरासीका कमाण्डर समेत रहेका २२ वर्षीय ऋषि लामिछानेलाई तत्कालिन शाही नेपाली सेनाले २०६२ साल माघ १८ गते भरतपुरको मुनाल चोकमा साँझ ५ बजे गिरफ्तार गरी गोली हानी हत्या गरेका थिए ।
परिवारका माहिला छोरा गुमाएका लामिछाने परिवारले उनको सम्झनामा गत वर्ष निशान स्मृति प्रतिष्ठान समेत दर्ता गराएका छन् । सो प्रतिष्ठानले गत वर्ष पनि विभिन्न सामाजिक काम गरेको थियो भने आगामी दिनमा प्रतिष्ठानको आफ्नै भवन बनाउने र विभिन्न सामाजिक काम गर्ने योजना रहेको प्रतिष्ठानका सल्लाहकार संयोजक ओम प्रसाद लामिछानेले जानकारी दिए । ओम प्रसाद लामिछाने स्वर्गीय लामिछानेका जेठा दाई हुन् । उनका एक भाइ आनन्द लामिछाने र एक बहिनी सीता लामिछाने छन् ।
प्रतिष्ठानको अध्यक्ष द्रोण प्रसाद लामिछाने रहेका छन् । समितिको उपाध्यक्ष धर्मदत्त तिवारी, सचिव आनन्द लामिछाने र कोषाध्यक्ष अस्मिता भण्डारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा रत्न बहादुर मिश्र, विजय खनाल, कल्पना घिमिरे, होम प्रसाद भट्ट र इम प्रसाद पन्त रहेका छन् । त्यस्तै प्रतिष्ठानका सल्लाहकार संयोजक ओम प्रसाद लामिछाने, सदस्यहरुमा घनश्याम दाहाल, कञ्चन खनाल, संगिता भट्टराई र राजु अमगाई रहेका छन् ।

Comments (1)

  1. Very fantastic info can be found on weblog. “Every obstacle yields to stern resolve.” by Leonardo DaVinci.

Comment here