सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली, २२ फागनु । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्यआरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको एक हप्ता लामो बहस मंगलवार सकिएको थियो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज फैसला सुनाएको हो । जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएको थियो ।
प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत हुनुभएको थियो । थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।
सांसद चौधरीले निर्वाचित भएको लामो समयपछि सपथ गर्नुभएको थियो ।

Comments (1)

  1. Hello, i feel that i saw you visited my website thus i got here to “return the favor”.I am trying to in finding issues to enhance my site!I suppose its ok to make use of a few of your ideas!!

Comment here