चितवनको कुमरोजमा आन्तरिक पर्यटकको चाँप

चितवन २६ फागुन । सौराहाको निकटमा रहेको कुमरोजमा आन्तरिक पर्यटकको चाँप बढेको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती,जीप सफारी र राप्ती नदिमा डुंगा सयर गर्न पाउने भएकाले आन्तरिक पर्यटक चाँप बढेको हो । सौराहामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कुमरोज वनमा सफारीको लागि जाने गरेका छन । कुमरोजमा मासिक १६ हजार अतार्थ बार्षिक एक लाख ९२ हजार पर्यटक आउछन । ति पर्यटक मध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । पर्यटनबाटै सो सामुदायिक वनले बार्षिक १ करोड ९० लाख रुपैया आम्दानी गर्ने गरेको छ । पर्यापर्यटनबाट भएको आम्दानी वनले पर्यटन पूर्वाधार निर्माण,वन संरक्षण र स्थानीय समुदायको वन संगको निर्भरता हटाउन आयआर्जनको काम भइरहेको वनका अध्यक्ष हिराबहादुर गुरुङले बताए ।

Comments (1)

  1. Hi, Neat post. There is a problem with your web site in internet explorer, would test this… IE still is the market leader and a huge portion of people will miss your excellent writing because of this problem.

Comment here