खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सौराहाका होटल तथा रेष्टुरेष्टको स्तरीकरण सुरु

चितवन । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले सौराहाका होटलहरुको स्तरीकरण सुरु गरेको छ । स्तरीकरणको लागि सोमवार गरिएको निरीक्षणको क्रममा ९ वटा होटल मात्रको मात्र स्तरीकरण गरिएको छ । १८ वटा होटल तथा रेष्टुरेष्टमा गरिएको निरीक्षणका क्रममा ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षाको विषयमा न्यूनतम मापदण्ड पुरा गर्न नसकेपछि उनीहरुलाई सुधारको लागि निर्देशन दिइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख विकी राउतले जानकारी दिए ।
सोमवार एउटा रेष्टुरेष्ट र ८ वटा होटलहरुको स्तरीकरण गरी स्टीकर टास गरिएको उनले जानकारी दिए । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ, क्षेत्रीय कार्यालय हेटौडा, डिभिजन कार्यालय चितवनसहित सौराहोको क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, उपभोक्ता अधिकारकर्मी र पत्रकारसहितको टोलीले निरीक्षण गरेको थियो । खाद्य स्वच्छताको न्यूनतम मापदण्ड पुरा नगरेको भेटिएपछि स्टीकर दिन नसकेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण होटल व्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिबृद्धि गर्ने, खाद्य बस्तुको स्वच्छता कायम गरि सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि लैजाउन भन्ने मुल उद्देश्यका साथ होटलहरुको स्तरीकरण गर्न सुरुवात गरिएको अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए । सौराहामा १ सय १० बढी होटल र ७० वटा बढी रेष्टुरेन्ट रहेकोले क्रमैसगँ अनुगमनसगैँ स्तरीकरण गर्ने विभागले जनाएको छ । सो अवसरमा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोर्कण गिरी लगायतको सहभगिता थियो ।होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखि माथि अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरीकरण लोगो प्रदान गरिन्छ । सो अवसरमा १८ वटा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता हेरिएको थियो ।

Comment here