राप्रपाको ‘मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ चैत १ गते समापन हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सञ्चालन गरेको ‘मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ चैत १ गते समापन हुने भएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘स्वाभिमान यात्रा फागुन ३० गते समापन हुने भन्ने थियो । तर एक दिन पर सरेको छ ।

उनका अनुसार राप्रपाले देशका विभिन्न भागमा सञ्चालन गरिरहेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते अपरान्ह १२.१५ बजे काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभासहित समापन हुनेछ ।

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट उक्त यात्रा शुरू गरेको थियो ।

Comment here