भुमी अधिकारको विषयमा नेकपा गम्भिर छ : अध्यक्ष प्रचण्ड

पोखरा। नेकपाका अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुमी अधिकारको विषयमा नेपाल कम्युनिष्ट पार्टी गम्भिर रहेको बताउनु भएको छ ।
पोखरामा राष्ट्रिय भुमी अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले यस्तो अभिब्यक्ति दिनु भएको हो ।

उहाँले कम्युनिष्ट पार्टी सरकारमा रहदा भुमी सम्बन्धि समस्याको समाधान दिन नसके औचित्य सिद्ध नहुने बताउदै सो विषयलाई गम्भिर रुपमा लिएको बताए । उहाँले मुलुक समृद्ध बन्नका लागि भुमीकै समस्यामा रोमलिएकाले प्रभाब पार्ने भन्दै यथाशिघ्र यसको समाधान तर्फ लाग्न प्रधानमन्त्री तथा भुमी ब्यवस्था सहकारी गरिबी निवारण मन्त्रालय सँग बिशेष छलफल भएको उल्लेख गर्नु भयो ।

आगामी ४ वर्ष सम्ममा भुमी तथा उद्योगको समस्यालाई समाधान गर्नुपर्ने उत्पादनमा बृद्धि गर्नु तथा रोजगारी सिर्जना गर्नुको बिकल्प नरहेको उहाँले बताउनु भयो । प्रचण्डले भुमी अधिकार मञ्चले सहि तरिकाले सबै पार्टीका नेताहरुलाई बोलाएकोले सान्र्दभिक कार्यक्रम भएको भन्दै संसद र सरकार भित्र प्रबेश गरेकोले नआत्तिन समेत आग्रह गर्नु भयो ।

अध्यक्ष प्रचण्डले भुअधिकार बिहिन रहेका निम्न वर्गीय समुदायका युवाहरुलाई लालपुर्जा धितो राखेर बिदेशीनु परेकाले कैयौं युवाह समस्यामा परेको धारणा समेत ब्यत्त गर्नु भएको थियो ।

Comment here