सपना भिलेजद्धारा विद्यार्थीलाई पोसाक सहयोग

रत्ननगर ३० फागुन । शैक्षिक गुणस्तर सुधारको लागि सहयोग गर्दै आइरहेको सपना भिलेज लजले रत्ननगरको बकुलहर माविका विद्यार्थीहरुलाई पोसाक सहयोग गरेको छ । लजले विद्यालयमा अध्ययन गर्ने ४० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पोसाक सहयोग गरेको हो । लजका म्यानेजर नारायण पुरीले विद्यार्थीहरुलाई विद्यालय पोसाक हस्तान्तरण गरेका थिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र आर्थिक अबस्था कमजोर भएका वालवालिकाको शिक्षाका लागि सहयोग जारी राख्ने बताए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला ढकालले सपला भिलेज लज मार्फत भएको सहयोगले विद्यालय सञ्चानमा सहज भएको बताइन । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सदस्यहरु,विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । यस भन्दा अघि पनि सो लजले विद्यालय भवन,कक्षाकोठामा पेन्टिङ,वालवालिकालाई शैक्षिक सहयोग र नर्सरी कक्षामा कार्पेट सहित अन्य आवश्यक सामाग्री सहयोग गरिएको लजका म्यानेजर पुरीले जानकारी दिए ।