सकियो सामुदायिक विपद् प्रतिकार्य तालिम

रत्ननगर ३० फागुन । रत्ननगर नगरपालिकामा आयोजना गरिएको सामुदायिक विपद् प्रतिकार्य तालिम विहीवार सकिएको छ । रत्ननगर नगरपालिकाको सहकार्यमा नेपाली सेना श्री नं २ विपद् व्यवस्थापन गण रसौलीले आयोजना गरेको सो तालिममा रत्ननगरका १६ वटा वडाका ३३ जनाको सहभागिता रहेको थियो । चार दिने सो तालिममा विपद्को अबधारण र विपद् व्यवस्थापन,विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका,बाढी,पहिरो,उद्दार सामाग्री,रेस्क्यू,आगोको परिचय,अग्नी नियन्त्रण,भूकम्प,खोज तथा उद्दारको तरिका,विपद् प्राथमिक उपचार लगायतको विषयमा शैदान्तिक तथा व्यवहारिक पक्षका बारेमा तालिम दिइएको रत्ननगर नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक वलराम दाहालले बताए । विहीवार आयोजित समापन कार्यक्रममा रत्ननगर नगरपालिकामा मेयर नारायण वनले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरालाई विपद् आइपर्दा खोज तथा उद्दार कार्यमा प्रयोग गर्न आग्रह गरे । समापन कार्यक्रममा गणपती राजेन्द्र जराजुली,विपद व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,सहभागीको तर्फबाट निर्मला खड्का लगायतले मन्तव्य राखेका थिए ।