न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४० को मृत्यु, २० घाइते

न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अडर्नले जानकारी गराकी छन् ।

उक्त आक्रमणमा परी २० जना घाइते भएको बताइएको छ। घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

‘यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,’ प्रधानमन्त्री अडर्नले भनिन्, ‘प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेको पाइएको छ।’

प्रधानमन्त्रीले जैसिन्डाले शुक्रबार आफ्नो देशका लागि कालो दिन भएको दु:ख व्यक्त गरेकी छन्। ‘अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुईवटा गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ।