नेपाली कांग्रेसको ‘अग्रज पुस्ता भाग १’ पुस्तक हस्तान्तरण

अनिता अर्याल,
रत्ननगर ०२ चैत । नेपाली कांग्रेस रत्ननगर नगर समितिले अग्रज पुस्ता भाग १ पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ । शनिवार रत्ननगर वडा न १२ स्थित घेगौलीमा एक कार्यक्रमका बीच नेपाली कांग्रेस रत्ननगरले अग्रण कांग्रेसका नेता तथा कार्यकर्ताको जीवनी समेटेर तयार प्रकासन गरेको पुस्तक नयाँ पुस्तालाई हस्तान्तरण गरेको हो । पुस्तकमा दिबगत र ६५ बर्ष पार गरेका अग्रजहरुको जीबनवृत्तको संक्षिप्त अभिरेखाडकन गरिएको छ । पार्टीमा लामो समयदेखि क्रियाशील अग्रज ब्यतिmत्वहरुको ब्यतिmत्वलाई संक्षिप्त अभिरेखाडकन गरी तयार पारिएको अग्रज पुस्ता भाग १ नामक पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर सभापति रुपनराज घिमिरेले रत्तनगर नगरपालिका भित्र रहेर प्रजातान्त्रिक आन्दोलनमा संधै अग्र स्थानमा उभ्याएको स्मरण गर्नुभयो । बिभिन्न यस अघिका प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्बाह गरेको रत्ननगरको योगदान गर्ब गर्न लायक भएको बताउनुभयो । पुरानो पुस्ता नयाँ पुस्ताको आधारशिला भएको बताउदै अग्रजले देखाएको बाटो नयाँ पुस्ताका लागि पदचाप हो र यसलाई पछ्याएर अगाडि बड्ने बताउनुभयो । अग्रज पुस्तालाई सम्मान दिनका लागि अग्रज पुस्ता भाग १ प्रारम्भ भएको बताउदै अगामी दिनमा यसलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा वडा न १२ का सभापति श्रीकृष्ण घिमिरेले अग्रज सम्मान कार्यक्रम सराहनीय भएको बताउदै कहिकतै कमी कमजोरी भए अगामी दिन सुधार गरेर अघि बड्ने बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि वडा नं १२ का अध्यक्ष वीर बहादुर पाख्रिनले कांग्रेसलाई गर्विलो र उचाईमा पुर्याउनका लागि अग्रजको अहम भुमिका भएको बताउदै उहाँ हरुकै मार्ग निर्देशन अनुसुुार पार्टी चल्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा नगर समितिका पदाधीकारी,क्षेत्रीय प्रतिनिधि,क्रियासिल सदस्य लगायतको उपस्थिति रहेको थियो । रत्ननगरका १६ वडामै शजिवार देखि पुस्तक हस्तान्तरण कार्यक्रम सकिने रत्ननगर सभापति रुपनराज घिमिरेले बताउनु भयो ।