रत्ननगर शैक्षिक हवका रुपमा अगाडि बढिसक्यो  : मेयर नारायण वन

रत्ननगर ०२ चैत । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगर शैक्षिक हवका रुपमा अगाडि बढिसकेको बताएका छन । रत्ननगर १३ जयमंगलामा रहेको बैदिक प्रज्ञा प्रतिष्ठान नेपालको १३ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै मेयर वनले रत्ननगर शैक्षिक हवको रुपमा विकास भइसकेको बताए ।

शहिद स्मृति कलेज,आवश्यक निजी कलेज,संस्कृति विद्यापिठ,अव्वल समुदायिक तथा निजी विद्यालय रत्ननगरमा सञ्चालनमा छन उनले भने यसले देशभरबाट रत्ननगर पढ्न आउने क्रम सुरु भइसकेको छ । उनले रत्ननगरलाई शैक्षिक हबको रुपमा विकास गर्न नगरभित्रका सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सुरु गरेको बताए । नगरपालिकाले नगर भित्र ४ वटा सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सुरु गरिसकेको भन्दै मेयर वनले आवश्यकता अनुसार अन्य सामुदायिक विद्यालयहरुमा पनि प्राविधिक शिक्षा सुरु गर्ने योजना रहेको बताए । पढ्न रत्ननगर नै जानु पर्छ भन्ने वातावरण हामी बनाउदै छौं उनले भने प्राविधिक शिक्षा सुरु गरेका विद्यालयमा बाहिरी जिल्लाबाट विद्यार्थीहरु आउने क्रम सुरु भइसकेको छ ।

अर्को प्रशंगमा मेयर नारायण वनले रत्ननगरका चारवटा मन्दिरलाई धार्मिक थलोको रुपमा विकास गर्ने बताए । जिरौनाको धर्मधाम,जयमंगलाको राम मन्दिर,निपनीको हरिहर मन्दिर र चित्रसारीको चित्रसेन मन्दिरलाई धार्मिक धलोको रुपमा विकास गरी धार्मिक पर्यटकीय स्थलका रुपमा अगाडि बढाइने बताए । कार्यक्रममा बैदिक प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष भेषराज दुवाडीले आफ्नो कार्यकालमा गुरुकुललाई कक्षा उन्नती गरी उत्तर मध्यमा सम्मको स्विकृत प्राप्त गरी शास्त्री तह सञ्चालनको लागि पूर्वाधार तयार गरेको,विद्यापिठ भवन निर्माण गर्न सफल भएको,अक्षयकोषको रकम बृद्धि गरी ५६ लाख रुपैया पुर्याएको बताए ।