चितवनमा गैंडाको आक्रमणबाट महिला मृत्यु

चितवन ०५ चैत । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी रत्ननगर ७ की एक महिलाको उपचारका क्रममा सोमवार राती मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा ५५ बर्षीया जानकी चौधरीलाई गैंडाले आक्रमण गरेका थियो । चौधरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।