अबैध उत्खनन् गर्ने ट्याक्टर र टिपरलाई २० हजार जरिवाना

चितवन ०५ चैत । पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकाको सिमानबाट बग्ने कयर खोलाबाट अबैध रुपमा ढुंगा,गिट्टी र वालुवा निकासी गर्ने ट्याक्टर र टिपरलाई २० हजार सम्म जरिवाना गरिने भएको छ । सो खोलामा बढदै गएको ढुंगा,गिट्टी र वालुवाको चोरी,निकासी र पैठारी रोक्न जरिवाना गरिने भएको हो । रत्ननगर र खैरहनी नगरपालिकाले र खोलाबाट अबैध उत्खनन् गर्ने ट्याक्टर तथा टिपरलाई २० हजार सम्म जरिवाना गर्ने नियम बनाएर कार्यान्वय गरेका हुन । राजश्व छली गरेर सो खोलाबाट अबैध रुपमा ढुंगा,गिट्टी र वालुवा चोरी,निकासी र पैठारी गर्ने ट्याक्टरलाई १० हजार देखि २० हजार सम्म जरिवाना गर्ने नियम बनाएर कार्यान्वय गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । पहिलो पटक भेटिएको ट्याक्टर वा टिपरलाई १० हजार जरिवाना र ३ दिन सम्म प्रतिबन्ध,सोही ट्याक्टर वा टिपर दोश्रो पटक भेटिएमा १५ हजार जरिवान र १० दिन प्रतिबन्ध,तेश्रो पटक भेटिएमा २० हजार जरिवाना र एक महिना प्रतिबन्ध र लगातार चौथो पटक सम्म अबैध रुपमा निकासी गरेको पाइएमा ट्याक्टर वा टिपरलाई राजश्व तिरेर पनि निकासी गर्ने नपाउने गरी प्रतिबन्ध लगाइने छ । दैनिक २०० टिप अबैध रुपमा ढुंगा,गिट्टी र बालुवा चोरी भएको पाइयो मेयर वनले भने यसलाई नियन्त्रण गर्न जरिवाना र कारवाही सुरु गरेका हौं । यसैबीच रत्ननगर र खैरहनी नगरपालिकाले सयुक्त रुपमा राजश्व संकलन गर्ने गरी कयर खोलाबाट ढुंगा,गिट्टी र वालुवा निकासी खुल्ला गरेका छन । रत्ननगर र खैरहनीको सिमानबाट बग्ने सो खोला आइतवार विहानबाट खुल्ला गरिएको छ ।