चितवनमा सवारी दुर्घटना बढ्दै : एक महिनामा ८ को मृत्यु, ३७ घाइते

चितवन ०६ चैत । चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा दिनहुँ साना ठुलो दुर्घटना हुने गरेका छन । गएको फागुनमा जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी सात जना पुरुष र एक बालिकाले ज्यान गुमाएका छन् भने ३७ जना घाइते भए । २० जना गम्भीर घाइते बने । ३३ दुर्घटना भएकोमा मोटरसाइकल दुर्घटना मात्रैं १४ वटा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चालु आर्थिक बर्षको आठ महिनामा भएका सवारी दुर्घटनामा सबैभन्दा बढी साउनमा २१ जनाले ज्यान गुमाएका थिए । फागुनसम्म भएका दुर्घटनामा ११० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।