रिलेशन एफएमको घैंटो राजनदिल गुरुङले फुटाए

चितवन । फागु पर्वको अवसरमा रत्ननगर स्थित रिलेशन एफएम र रत्ननगरका ५ वटा लायन्स क्लवहरुले सास्कृतिक कार्यक्रमसंगै घैटो फुटाई प्रतियोगिता गरेका छन् । रिलेशन एफएमसंगै लायन्स क्लव अफ रत्ननगर,लायन्स क्लव अफ चितवन राईनो सिटी,लायन्स क्लव अफ रत्ननगर मिड नेपाल,लायन्स क्लव अफ रत्ननगर पिस र लायन्स क्लव अफ रत्ननगर समृद्धीले सयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

अन्तर मिडियाकर्मी घैटो फुटाई प्रतियोगितामा रिलेशन एमफमका कार्यक्रम प्रस्तोता राजनदिल गुरुङले घैटो फुटाउन सफल भएका थिए । लायन्स क्लव अफ रत्ननगर तथा रिलेशन एफएमका अध्यक्ष अनिल अधिकारीको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपाल वर्ष २०१९÷२० का डिष्ट्रिक सेकेन्ड भाईस गर्भनर रामप्रसाद भट्ट,लायन्स क्लवहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । सो अवसरमा रत्ननगर कला मन्दिरका कलाकारहरुको नृत्य प्रस्तुत गरेका थिए ।