विद्यालयलाई कम्प्युटर, विद्यार्थीलाई शैक्षिक सामाग्री

चितवन ०७ चैत । रोटरी क्लव अफ उरायासु चिबाकेन जापानले नेपालका दुई सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालय देबचुली नवलपरासीलाई शैक्षिक सहयोग तथा राष्ट्रिय प्राथमिक पाठशाला,पर्सा ठोरीलाई कम्प्युटर र स्टशेनरी सहयोग गरिएको हो । देवचुलीको विद्यालयमा अध्ययन गर्ने १८० विद्यार्थीलाई स्कुल व्याग,पोसाक,स्टेशनरी सामाग्री र ३ वटा कक्षा कोठालाई कार्पेट सहयोग गरिएको क्लवकी अध्यक्ष रत्ननगर १ बकुलहर निवासी कोपिला बुढाथोकी मगरले जानकारी दिइन । विद्यालयमा आयोजित कार्यक्रममा क्लवकी सदस्य मगरले विद्यालयका प्रधानाध्यापक डिल्लीराज पौडेललाई सो सामाग्री हस्तान्तरण गरेकी थिइन । त्यसैगरी ठोरीको विद्यालयमा ३ थान कम्प्युटर र विद्यार्थीलाई आवश्यक स्टेशनरी सहयोग गरिएको मगरले जानकारी दिइन । सो विद्यालयमा ५५ जना विद्यार्थीहरु अध्ययनरत छन । क्लवकी सदस्य मगरको पहलमा रोटरी क्लव अफ उरायासु चिबाकेन जापानले दुई विद्यालयमा सो सहयोग गरेको हो ।