चितवनको कालिका स्थित तिवारी निवासमा नेकपाको श्रद्धाञ्जली सभा

खोलेसिमल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।स्वर्गीय डिल्लु प्रसाद तिवारीको स्वर्गारोहणको छैटौ दिनको पुण्यतिथिमा नेकपा वडा कमिटी कालिका ६ को आयोजनामा भएको कार्यक्रमको नेकपाका नेता होम बहादुर गुरुङ्गले अध्यक्षता गरेका थिए ।

शोक सभा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद घनश्याम दाहाल, नेकपा प्रदेश कमिटी सदस्य रामध्वज डल्लाकोटी, नेकपा जिल्ला नेता जयचन्द्र प्रसाद चौधरी, वडा अध्यक्ष बिनोद रेग्मी, नेकपाका नेता हेम प्रसाद अमगाई लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । स्वर्गीय डिल्लु प्रसाद तिवारीको यही चैत्र ३ गते ८२ वर्षको उमेरमा असामयिक निधन भएको हो । स्वर्गीय तिवारीका २ श्रीमती ठगीमाया र जुना तिवारी रहेका छन् । ९ जना छोराहरु अशोक, नारायण, केशरी, जीवन, परशुराम, शुशिल, सुमन, फणिन्द्र र सुदिप तिवारी रहेका छन् । त्यस्तैगरी बुहारीहरु पुष्पा, सरिता, उर्मिला, राधिका, अनिता, ज्ञानु, अस्मिता, दिपा, अनिता र छोरी सावित्री तिवारी रहेका छन् भने १३ जना नाती नातीनाहरु र १ जना पनातीनी रहेका छन् । स्वर्गीय तिवारीका छोराबुहारीहरु नेकपाका संगठित सदस्य समेत हुन् ।

गोरखाको फुजेलमा जन्मिएका स्वर्गीय तिवारी परिवार सहित २०५४ सालमा हालको कालिका वडा नं. ६ खोलेसिमलमा संयुक्त परिवारमा बस्दै आएका थिए । व्यापार व्यवसाय र रोजगारीको सिलसिलामा तिवारी परिवार पोखरालाई कर्मथलो बनाई कार्य गर्दै आएका छन् ।