विप्लव समूहसँग वार्ता गर्न सरकार तयार : प्रवक्ता श्रेष्ठ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
शनिबार गृहजिल्ला गोरखामा पत्रकार भेटघाट कार्यक्रमा प्रवक्ता श्रेष्ठले विप्लव समूह तयार रहे सरकार जुनसुकै बेला वार्ता बस्न तयार रहेको बताउनुभएको हो । उहाँले विप्लव समूह वार्तामा आउन नचाहेकाले अहिलेसम्म वार्ता सम्भव नभएको उहाँको भनाइ ।

प्रवक्ता श्रेष्ठले विप्लव समूह राजनीतिक समूह भए पनि क्रियाकलाप गलत भएको दाबी गर्नुभयो । संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने उहाँको भनाइ छ ।