चितवनको कालिका स्थित तिवारी निवासमा विभिन्न संघ संस्थाहरुद्वारा श्रद्धाञ्जली सभा

खोलेसिमल । स्वर्गीय डिल्लु प्रसाद तिवारीको स्वर्गारोहणको सातौ दिनको पुण्यतिथिमा आज विभिन्न संघ संस्थाहरुले तिवारी निवासमा श्रद्धाञ्जली सभा गरेका छन् । लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले स्वर्गीय डिल्लु प्रसाद तिवारीको सम्झनामा श्रद्धाञ्जली सभा गरेको थियो । क्लवका अध्यक्ष धुर्ब प्रसाद रेग्मी सहितले सो श्रद्धाञ्जली सभा गरेको हो । नेपाल औषधी व्यवसायी संघ गण्डकी अञ्चल शाखाका अध्यक्ष राम बहादुर के.सी. सहितको कार्यसमितिको उपस्थितिमा पनि श्रद्धाञ्जली सभा गरिएको थियो । त्यस्तैगरी शिवालय टोल विकास संस्था रत्ननगर १५ माधवपुरको आयोजनामा पनि श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष रोहिणी भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस्तै चर्तुमुखी भजन मण्डली कालिका ६ कमलचोकले पनि श्रद्धाञ्जली सभा गरेको थियो ।

पोखरा प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष राजेश्वर श्रेष्ठ सहित उपस्थितिमा पनि आज नै श्रद्धाञ्जली सभा गरिएको थियो । मेडी ग्राण्ड प्रा.लि. परिवार पोखराका अध्यक्ष खगेश्वर काफ्ले सहितको उपस्थितिमा पनि तिवारी निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । त्यस्तैगरी त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि. पोखराका उपाध्यक्ष प्रकाश क्षेत्रीको उपस्थितिमा पनि श्रद्धाञ्जली सभा गरिएको छ । त्यस्तैगरी शिवम् प्लाष्टिक (साथी ग्रुप) भरतपुर ४ का सम्भर श्रेष्ठ र विवश पिया सहितको उपस्थितिमा पनि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । तेसैगरि मणिपाल कलेज (शिक्षण अस्पताल) पोखराका डाक्टर सरोज पौडेल सहितकाे उपस्थितिमा पनि आज नै श्रद्धाञ्जली सभा गरिएको थियो । स्वर्गीय डिल्लु प्रसाद तिवारीको यही चैत्र ३ गते ८२ वर्षको उमेरमा असामयिक निधन भएको हो । स्वर्गीय तिवारीका २ श्रीमती ठगीमाया र जुना तिवारी रहेका छन् । ९ जना छोराहरु अशोक, नारायण, केशरी, जीवन, परशुराम, शुशिल, सुमन, फणिन्द्र र सुदिप तिवारी रहेका छन् । त्यस्तैगरी बुहारीहरु पुष्पा, सरिता, उर्मिला, राधिका, अनिता, ज्ञानु, अस्मिता, दिपा, अनिता र छोरी सावित्री तिवारी रहेका छन् भने १३ जना नाती नातीनाहरु र १ जना पनातीनी रहेका छन् ।

गोरखाको फुजेलमा जन्मिएका स्वर्गीय तिवारी परिवार सहित २०५४ सालमा हालको कालिका वडा नं. ६ खोलेसिमलमा संयुक्त परिवारमा बस्दै आएका थिए । व्यापार व्यवसाय र रोजगारीको सिलसिलामा तिवारी परिवार पोखरालाई कर्मथलो बनाई कार्य गर्दै आएका छन् ।

स्वर्गीय तिवारीका छोरा नारायण, जीवन र परशुराम तिवारी पोखरामा प्लाष्टिक व्यवसाय गर्दै आएका छन् । उनीहरु प्लाष्टिक व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध छन् । त्यस्तैगरी स्वर्गीय तिवारीका छोरा सुशील तिवारी मणिपाल कलेज (शिक्षण अस्पताल) पोखराका फार्मेसिस्ट हुुुन । छाेेेरा केशरी प्रसाद तिवारी त्रिशुल बचत तथा ऋण सहकारी संस्था पोखराका अध्यक्ष हुन् । उनी लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीका पि.आर.ओ. पदमा पनि छन् । साथै उनी नेपाल औषधी व्यवसायी संघ गण्डकी अञ्चल समितिका कोषाध्यक्ष समेत हुन् । साथै स्वर्गीय तिवारीका अरु छोराहरु पनि औषधी व्यवसाय र प्लाष्टिक व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुमा समेत आवद्ध छन् ।