जेन्टल हर्ट फाउण्डेशन द्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

खोलेसिमल । कालिका नगरपालिका वडा नं. ७ स्थित पृथ्वी मा.वि. सालघारी शाखाका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । जेन्टल हर्ट फाउण्डेशन काठमाडौको सहयोगमा सो विद्यालयका शिशु कक्षादेखि ५ कक्षा सम्मका १ सय ६८ जना र पृथ्वी मा.वि. का ३० जना विद्यार्थीहरुलाई कापी र कलम सहयोग गरिएको हो ।कार्यक्रममा संस्थाकाअध्यक्षअर्जुन ढकाल, कार्यक्रम संयोजक जगदिश पोखरेल, चितवन को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, पत्रकार शिशिर सिंखडा, स्वीडेनका नागरिक जोनी , पृथ्वी मा.वि. सालघारी शाखा इन्चार्ज रचना लामाले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी सोही संस्थाको सहयोगमा राष्ट्रिय माध्यमिक विद्यालयम झवाङ कालिका ११ मा पनि शिशु कक्षादेखि ५ कक्षा सम्मका १ सय ६३ जना विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्राचार्य फणिन्द्र पनेरु, शिक्षक सेतुलाल चेपाङ मन्तव्य व्यक्त गरेका थिए ।

सो संस्थाले यस अगाडि पनि  विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी, न्यानो कपडा, खेलकुद सामग्री, विद्यार्थी बस्नको लागि म्याट सहयोग गरेको थियो । सोही संस्थाले स्थानीय विपन्न वस्तीमा खाद्यान्न, झुल, न्यानो कपडा तथा निशुल्क सिलाइ कटाइ तालिम समेत उपलब्ध गराएको संस्थाका चितवन को–अर्डिनेटर इश्वर कुमार श्रेष्ठले जानकारी दिए ।