मिलीजुली सहकारीकाे वार्षिकोत्सवमा विविध कार्यक्रम

चितवन । मिलीजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भरतपुर- ७ कृष्णपुरकाे २१औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमको उट्घाटन गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रमणी काफ्लेले सहकारीलाई उत्पादन पुजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने बनाएका छन् । समाजका सबै क्षेत्रको सहयोग लिएर अगाडी बढेको खण्डमा बहुउदेश्यीय सहकारीहरुले धेरै गर्न सक्ने उनले बताए ।

कार्यक्रमका सभापति रामजी पौडेलले सहकारीले गरेका कामहरूको बारेमा जानकारी दिदै वडा नम्बर ७ मा एउटा मात्रै बहुउद्देश्यीय सहकारी रहेको भन्दै यसको आम्दानी वृद्धिका लागि संस्थाले भाडा पसल सञ्चालन गरेको बताए । संस्थाको आर्थिक उपार्जनको लागि तिन वर्षे रणनिती बनाएर संस्था अगाडी वढेको उनको भनाई छ । आधुनीक सेवा सुविधालाई सहकारीले आत्मसाथ गर्दै अगाडि बढ्ने भन्दै निकट भवीष्यमा नै ई सेवा र रेमिटान्स सेवा सञ्चालन गर्ने जानकारी दिए । अहिले सहकारीले एैञ्छीक बचत, बाल बचत, मुद्दती बचत, निक्षेप बचत गर्दै आएको अध्यक्ष पौडेलले सो बताए ।

३३ जनाबाट २१ वर्ष अगाडि सञ्चालनमा आएको सहकारीमा अहिले एक हजार ३८ जना शेयर सदस्य रहेको सो अवसरमा जानकारी दिईएको थियो । वाषिर्कोत्सवको अवसरमा १७ जना जेष्ठ नागरिकलाई सम्मान गरीएको थियो भने, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य का छोरा छोरी मध्य प्रश्वीन अधिकारी लाई सम्मान गरिएको थियो । अधिकारीले ३.८३ जिपीए ल्याएर नेपाल टप गरेका थिए । कार्यक्रम चन्द्रकला भट्टराई पौडेलको संयोजन रहेको थियो स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष पार्वती कडेलले दिएकी थिईन ।
मिलिजुली बहुउदेश्य सहकारी संस्था लिमिटेडले सस्था स्थापनाको अवसर पारेर यस अगाडी सरसफाई, रक्क्तदान, चितवन मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरेको थियो ।