लायन्स क्लवद्धारा उपरदाङगढीका विद्यार्थीलाई स्टेशनरी सहयोग

चितवन । इच्छाकामना गाउँपालिका वडा नं ७ उपरदाङगढी स्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । लायन्स क्लव अफ चितवन कालिकाले एक कार्यक्रमका बीच सो विद्यालयका ५५ जना विद्यार्थीहरुलाई कलम,कापी,कटर,इलेजर सहयोग गरेको हो ।

क्लवका अध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष सुर्दशन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालय प्रधानाध्यापक गणेश थापामगर, कार्यक्रम संयोजक एवम् क्लवका द्धितीय उपाध्यक्ष सितलकाजी श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार प्रजा,शिक्षक अभिभावक संघका अध्यक्ष तेजबहादुर गुरुङ,शिक्षिका रितु गुरुङ,शिक्षक प्रविण बस्नेत,क्लवका सचिव सिपी अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लवका कोषाध्यक्ष बुद्धिप्रसाद अधिकारी,डाइरेक्टर देवेन्द्र प्रसाद भट्टराई,टिकाराम रेग्मी,पीआरओ रमेश दवाडी,सदस्यहरु श्यामबाबु तिमल्सिना,वालकृष्ण अधिकारी,खेमलाल अधिकारी,भीमराज तामाङ,लालुप्रसाद दाहाल,महादेबप्रसाद हुमागाई,इश्वर कुमार श्रेष्ठ,इश्वर भट्टराईको समेत सहभागिता रहेको थियो ।