अगुवा महिलाहरुले गरे टाँडी बजार सरसफाई

चितवन  । रत्ननगरका अगुवा महिलाहरु एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आज सयुक्त रुपमा टाँडी बजार सरसफाई गरेका छन । रत्ननगर नगरपालिकाको अगुवाईमा जनप्रनितिधि,महिला समुह,सहकारी संस्था तथा सरसफाई अभियान्ताहरुको सहभागितामा रत्ननगरको बकुलहर देखि तरकारी मण्डि सम्म सरसफाई गरिएको हो । नवदुर्गा आमा समुहकी अध्यक्ष एञ्जिला कुँवरको पहलमा नगरपालिका,आमा समुह र सहकारी संस्थाको सयुक्त आयोजनामा सरसफाई गरिएको हो । कार्यक्रममा उनीहरुले बजारमा फालेका प्लाष्टिक जन्य तथा विभिन्न प्रकारका फोहोरहरु संकलन गरी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ठाउँमा पठाएका थिए । नवदुर्गा आमा समुह,नारी जागरण केन्द्र,चेतनशिल आमा समुह,उज्वल महिला विकास साकोस,सर्वाङ्गिण सामाजिक उद्यमी महिला समुह,नवरत्न आमा समुह,सक्षय आमा समुह,शक्तिशाली आमा समुह,मेन्दिलामाया आमा समुहको सहभागितामा सरसफाई गरिएको नवदुर्गा आमा समुहकी सचिव संगिता खनालले जानकारी दिइन । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले उद्घाटन गरेको सो कार्यक्रममा नारी जागरण केन्द्रकी सल्लाहाकार ज्वाला पुरी वन,सरसफाईको अभियान्ता ज्ञानेन्द्रराज पाण्डे,नारी जागरण केन्द्रकी अध्यक्ष सपवा बोहोरा,उज्वल महिला विकास साकोसकी अध्यक्ष ऋतु गिरी,कार्यपालिका सदस्यहरु सरस्वती लामा,निर्मला खड्का,सञ्चारकर्मी अनिता अर्याल लगायतको सहभागिता रहेको थियो ।