नेपाल बारमा बामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ बिजयी, महासचिवमा लोकतान्त्रिकका पौडेल

काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मत गणना परिणामअनुसार श्रेष्ठ अध्यक्षमा बिजयी हुनुभएको हो ।

बिहीबार साँझ सकिएको मतगणनामा श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा करिव दुई सय मत बढी ल्याउनु भएको छ । मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी हुनुभएको छ । पौ८ेलले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गर्नुभएको हो ।

प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले मतगणना सकिए पनि अहिले मत जोड्ने काम भइरहेको बताए ।