टिकौली जंगल छेउ रत्ननगर रोटरीले निर्माण गरेको सार्वजनिक शौचालय प्रयोगमाआउँदै

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल छेउ रोटरी क्लवअफ रत्ननगरले निर्माण गरेको सार्वजनिक शौचालय प्रयोगमा आउने भएको छ । क्लवले करिव ५५ लाख रुपैयामा निर्माण सम्पन्न गरेको शौचालय यही चैत्र २४ गतेबाट प्रयोगमा आउने भएको हो । सो शौचालय संचालन भएपछि उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुलाई शौचालयप्रयोग गर्न सहजहुने भएको छ ।

मध्यवर्ती वन क्षेत्रमा पर्ने सवारी साधन टिकौली जंगलमा रोक्न, दिशापिसाव गर्न प्रतिवन्ध लगाइएको छ । सो शौचालय निर्माण गर्न क्लवका सदस्यहरुबाट र विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट पनि सहयोग जुटाइएको थियो ।
सो सडक खण्डमा शौचालयको अतिआवश्यकता भएको देखेपछि निर्माण गरिएको क्लवकाअध्यक्ष जनक पौडेलले जानकारी दिए । उक्त शौचालयमा एकै पटकमा १४ जनाले प्रयोग गर्न सक्छन् । महिला र पुरुषका लागिअलग अलग शौचालय तयार गरिएको छ भने एकै पटकमा ४ जना सम्मले नुहाउन पनि सक्ने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए ।
निशुल्क रुपमाप्रयोग गर्न सकिने शौचालय संचालनका लागि क्लवले स्थानीय जैविक विविधता सूचना केन्द्रलाई यही चैत्र २४ गते स्वामित्व हस्तान्तरण गर्नेछ । शौचालय संचालनको लागि खर्चको सहज व्यवस्थापन गर्ने उद्देश्यले सोही स्थानमा ४ वटा सटर समेत निर्माण गरिएको छ । सटरबाट हुने आम्दानी र होर्डिङ्ग बोर्डबाट प्राप्त हुने आम्दानी समेत सो केन्द्रले प्राप्त गर्ने उनले जानकारी दिए । सटर भाडाबाट प्रति सटर हरेक महिना १० हजार २ सय र होर्डिङ्ग बोर्ड वापत १ लाख रुपैया वार्षिक आम्दानीहुनेछ । सो रकमबाट केन्द्रले आवश्यक रकमखर्च गरी व्यवस्थापन गर्न सक्ने क्लवद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पूर्व पश्चिम राजमार्ग भएर दैनिक सयौँ सवारी साधन र हजारौ यात्रुहरु ओहोर दोहोर गर्ने गर्दछन् । विशेष गरी भारतीय पर्यटकहरु तिर्थ यात्रामा नेपाल आउने क्रममा सो स्थानलाई वासस्थानको रुपमा समेत प्रयोग गर्दै आएको पाइएको छ । यात्रुहरुलाई सहज होस् भन्ने उद्देश्यले स्वच्छ खानेपानीको समेत व्यवस्था गरिएको छ ।
क्लवले यही चैत्र २३ गते शनिबार खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । चितवनमा देखिएको रगत अभावलाई सहयोग गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागेको समेत क्लव अध्यक्ष जनक पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा क्लवका पूर्व अध्यक्ष सुरेन्द्रनाथ रेग्मी, पूर्व अध्यक्ष जगन्नाथ रेग्मी, प्रेमकृष्ण खनाल,क्लवका वर्ष २०१९÷२० का निर्वाचित अध्यक्ष विपिन पौडेल,क्लवका मेम्वरसिप चेयर सूर्य पौडेल, पव्लिक इमेज चेयर प्रमात सेढाइ, सदस्य हिरा तिवारी, जैविक विविधता सूचना केन्द्रकाअध्यक्ष इश्वरी प्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।