पिठुवा खानेपानीको विषयमा काँग्रेसले बुझायो ज्ञापनपत्र

रत्ननगर २१ चैत । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिति चयनमा बायस गरिएको भन्दै नेपाली काँग्रेसले रत्ननगर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन । नेकपा निकटका उपभोक्ताहरुले एकलौटी रुपमा खानेपानीको नयाँ समिति चयन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । काँग्रेसले आज नगरपालिका पुगेर उपमेयर विमला दुवाडीलाई ज्ञापनपत्र बुझाएका थिए । रत्ननगर नगरपालिकाको बडा न १४, १५ र १६ को साझा खानेपानी संस्था हो । स्थानीय निकायको निर्बाचन सगै तीन वडामा बिभाजित भएको स्थानीय उपभोक्ता तथा पुर्व सांसद एकनाथ रानाभाटले बताउनुभयो । पिठुवा खानेपानीमा ३२०० उपभोक्ता भएको र १५ धारा बराबर १ परिषद सदस्य जाने भएता पनि २१४ जना नै एकलौटी ढंगले कम्युनिष्टले मिलेर कांग्रेसलाई बायस गरेको भन्दै त्यसैको बिरोध स्वरुप ज्ञापनपत्र बुझाइएको उनले बताए । काँग्रेस निकटका उपभोक्ताहरुले विधान बिपरीत भएको परिषद छनौटको चुनाब खारेज गरी बडा बाटै परिषद सदस्यको चुनाव हुनुपर्ने माग गरिएको छ । त्यस्तै जनजागृती उच्च माध्यमिक विद्यालय पिठुवामा व्यवस्थापन समिति एकलौटी ढंगले बनाउन खोजोको भन्दै सबै दलको प्रतिनिधित्व हुनुपर्ने पनि माग राखिएको सांसद रानाभाट बताउनुभयो । यदि मागको ५ दिन भित्र सुनुवाई नभए बिरोधको कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । कार्यक्रममा पुर्व सांसद शेषनाथ अधिकारी, प्रतिनिधि सभाका उमेदबार राजेन्द्र बुर्लाकोटी, क्षेत्रीय सभापति कुमार कार्की ,जिल्ला प्रबत्ता निता ढकाल जिल्ला सचिब उत्तम जोशी लगाएका नेपाली कांग्रेसका सयौ कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।