ललितपुरमा भ्यानमाथि पल्टियो ट्रक, दुई जनाको किचिएर घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

ललितपुर । ललितपुरमा आज मध्यान्ह ट्रकले भ्यानलाई किच्दा दुई जनाको मृत्यु भएको छ । नयाँबाटोमा जनकशिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार मध्यान्ह करिव १२ बजेको समयमा ना१घ ५३३ नम्बरको ट्रकले बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा भ्यानलाई किच्दा दुई जनाको मृत्यु भएको तथा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

दुर्घटना हुँदा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भई बाटोमा पल्टिदा सगसगै गुडिरहेको भ्यानको अघिल्लो पटि पल्टिएको थियो । प्रत्यक्षदर्शी तथा उद्धारमा खटिएका अनुसार बाटो काटिरहेको स्कूटीलाई बचाउन खोज्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रक असन्तुलित भई तरकारी बोकेको भ्यान किचिएको हो ।