दर्बुङ चितवन समाजको दोस्रो अधिबेशनबाट पुनः छबिलाल घिमिरे अध्यक्षमा चयन

चितवन । दर्बुङ चितवन समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले पुनः छबिलाल घिमिरे लाई अध्यक्ष चयन गरेको छ ।

आज मनीखोलामा आयोजित अधिबेशनले बरिस्ठ उपाध्यक्षमा केदार खनाल , उपाध्यक्षमा जयराम दुवाडी, महासचिव भोजराज खनाल र कोषाधक्षमा कमल घिमिरे चयन भएका छन । तेस्तै सदस्यहरु के पी किरण शर्मा, चन्द्रबहादुर  घिमिरे ,रामबाबु घिमिरे, तारानाथ घिमिरे, रामप्रसाद रीजाल, प्रेम माया पन्त , प्रेमनाथ आले , दीपक अधिकारी, शंकर खनाल, भोजराज खनाल र केशव पाण्डे चयन भएका छन । सो साधारणसभाका प्रमुख अतिथि प्रतिनिधी सभा गोरखा क्षेत्र नंं १ का सांंसद हरिराज अधिकारी , समाजका आजीवन सदस्य पत्रकार कृष्ण खनाल, कमली कान्त घिमिरे ,दीर्घभुबन राना ,हरि प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।