छोरी बलात्कारको आरोपमा फरार रहेका बाबु नुवाकोटमा पक्राउ

चितवन । पुर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बाबु पक्राउ परेका छन् । बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन् ।

त्यस लगत्तै फरार भएका बाबुलाई प्रहरीले नुवाकोटबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । नुवाकोटबाट पक्राउ परेका उनलाई राती नै चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।