सिद्धि विनायक स्कुलको वार्षिक परीक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा दिक्षान्त सम्पन्न (फोटाे फिचर सहित)

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको सिद्धि विनायक आवासीय मा.वि.ले आज शैक्षिक सत्र २०७५ सालको वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । सो कार्यक्रममा बेस्ट पर्सनालिटी, बेस्ट डिसिप्लिन, बेस्ट स्माइल, बेस्ट लिडरसीप, बेस्ट क्लास क्याप्टेन र बेस्ट कोअपरेटिभ विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।


सो अवसरमा कक्षा नर्सरीमा उत्तीर्ण हुने विद्यार्थीहरु र कक्षा ५ मा उत्तीर्ण हुने विद्यार्थीहरुलाई दिक्षित समेत गरिएको थियो । आज आयोजित वार्षिक नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा नौ सम्मका विद्यार्थीहरुको परीक्षाफल प्रकाशन गरिएको हो । विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य लामिछानेले विद्यालयको प्रगति र गतिविधि बारे जानकारी गराएका थिए । यसै वर्षदेखि विद्यालयले  कक्षा एल.के.जी. र यू.के.जी.का विद्यार्थीहरुलाई दिवा खाजा विद्यालयले नै उपलब्ध गराउने जानकारी दिए । यसैगरी यस वर्षदेखि विद्यार्थीहरुलाई अतिरिक्त समयमा डान्स, आर्ट एण्ड क्राफ्ट कक्षा, त्यस्तै एन्करिङ्ग कक्षा समेत संचालन गरिने उनले बताए । कार्यक्रममा विद्यालयका डाइरेक्टर लिलाबहादुर गुरुङ्ग, विद्यालयका सहायक प्राचार्य साजन थापा मगर, नवराज बञ्जारा, अभिभावक संघका सदस्य मिरा ढकाल, सन्तवीर स्याङतान लगायतले आ–आफ्ना भनाइहरु राखेकाथिए ।