चितवनमा सुरु भयो वन्यजन्तु सप्ताह

चितवन ०१ बैशाख । वन्यजन्तु संरक्षणका लागि सहकार्य भन्ने मुल नारासहित चितवनमा २४ औं वन्यजन्तु सप्ताह सुरु भएको छ । चितवन निकुञ्जको पूर्वी सेक्टरमा आइतवार कार्यक्रमको आयोजना गरी सप्ताहको उद्घाटन गरियो । निकुञ्ज र नेपालको राष्ट्रिय झण्डातोलन गरी सप्ताहको उद्घाटन गरिएको वाघ संरक्षण समितिका अध्यक्ष जितु तामाङले जानकारी दिए । सप्ताहको पहिलो दिन प्लाष्टिक न्यूनीकरणको लागि चेतना फैलाउन सौराहामा ¥याली र घरदैलो कार्यक्रम गरिएको उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाका प्रमुख तथा सहायक संरक्षण अधिकृत ऋषिराम रानाभाटले संरक्षणलाई दिगो बनाउन समुदायसंगको सहकार्य बलियो हुनुपर्ने बताए । कार्यक्रममा क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले सौराहामा प्लास्टिकजन्य वस्तुहरुको न्यूनीकरण गर्दै पर्यावरण स्वस्छ राख्न होटल ब्यवसायीहरु लागि पर्ने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले पर्यटकिय क्रियाकलाप गर्दा वन्यजन्तुहरुलाई कम असर पर्ने गरि भावी सन्ततिको लागि प्राकृतिक सम्पदाहरु जोगाइ राख्नु पर्ने बताए । मृगकुञ्ज उपभोक्ता समितीका अध्यक्ष बासुदेव ढुङ्गानाले समुदाय र निकुञ्ज मिलि वन्यजन्तुको संरक्षणमा चितवन देश कै उदाहरणिय रहेको बताए । उनले संरक्षणलाई दिगो रुपमा अगाडी बढाउन स्थानिय सहभागीता विना असम्भव देखिएको बताए । चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर र मृगकुञ्ज उपभोक्ता समितिको अगुवाइमा सौराहामा कृयाशिल विभिन्न २४ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा वन्यजन्तु सप्ताह सुरु गरिएको हो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सामुदायिक वन र नदी सरसफाई,चरा अबलोकन,संरक्षणमुलक अन्र्तक्रिया कार्यक्रम,फोटो प्रर्दशनी,निकुञ्ज अबलोकन,वातावरणमैत्री चेतनामुलक कार्यक्रम,गोहीको मुर्ति अनाबरण लगायतका कार्यक्रम हुने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिइन । ।