चितवन प्रशासनमा पत्रकार अर्जुन गिरीलाई रिहाईको माग गर्दै पत्रकारको धर्ना

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार महासंघ चितवन शाखाले प्रशासन कार्यालयमा धर्ना दिएको हो । महासंघले विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ खारेज, साइबर क्राईम मुद्धामा पक्राउ पत्रकार अर्जुन गिरीलाई रिहाईको माग गर्दै धर्ना दिएको हो ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् । चितवनमा एक घण्टा पत्रकारहरु विरोधका व्यानरसहित धर्ना दिएका हुन् ।