लायन्स कालिकाको अध्यक्षमा सुदर्शन अधिकारी चयन, लायन्स पार्क निर्माण सम्पन्न गर्न सबै सदस्यले सहयोग गर्ने

चितवन । लायन्स क्लब अफ चितवन कालिकाको लायन बर्ष २०१९/२० का लागि अध्यक्षमा सुदर्शन अधिकारी चयन भएका छन । क्लबको आज सम्पन्न तेस्रो अधिबेशनबाट प्रथम उपाध्यक्षमा शितल काजी श्रेष्ठ, दितिय उपाध्यक्ष दिपक लामिछाने, तृृतिय उपाध्यक्ष चेत प्रसाद अधिकारी, सचिब बुद्धि प्रसाद अधिकारी, कोषाध्यक्ष हरि कुमार श्रेष्ठ र सह – कोषाध्यक्षमा महादेव प्रसाद हुमागाई चयन भएका छन ।

क्लबको डाईरेक्टरहरु धर्मध्वज लम्साल, देबेन्द्र प्रसाद भट्टराई, धर्म प्रसाद ढकाल, टिकाराम रेग्मी ,श्याम बाबु तिमील्सिना र ईश्वर कुमार श्रेष्ठ निर्बाचित भएका हुन । क्लबको एमजीसी केशव चालिसे, पिआरओ रमेश दुवाडी, एलसिआईएफ को-अर्डिनेटर दिपक कुमार पाठक, लायन्स मार्केटिङ को-अर्डिनेटर भागबत लामिछाने, टेमर पुरुषाेत्तम कंडेल, जीएलटी को-अर्डिनेटर लालु प्रसाद दाहाल, जीएमटी को- अर्डिनेटर सन्तोष श्रेष्ठ र टेल ट्विस्टर उत्तम सिंखडा चयन भएका छन । नब गठित कार्य समितिको आगामी जुलाई १ बाट कार्य प्रारम्भ हुनेछ ।

क्लबका बर्ष २०१८/१९ का अध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ नेपालका एओजी निरज श्रेष्ठ, बिशेष अतीथि बर्ष २०१८/१९ का रिजन चियर पर्सन तथा बर्ष २०१९/२० का यरिया चिफ प्रकाश चन्द्र भट्टराई, बर्ष २०१८/१९ का जोन चियर पर्सन तथा बर्ष २०१९/२० का यरिया को चिफ भीष्म प्रसाद खनाल, लायन्स क्लब अफ चितवन कालिकाका सस्थापक अध्यक्ष एवं लायन बर्ष २०१९/२० का लागि जोन चियर पर्सन बिनोद रेग्मी र लायन्स क्लब अफ चितवन कालिकाका अध्यक्ष एवं लायन बर्ष २०१९/२० का लागि मिडिया एण्ड पब्लिकेशन म्यानेजमेन्ट कमिटीका डिष्टिक को-अर्डिनेटर शिशिर सिंखडा, उदयपुर सामुदायिक बनका अध्यक्ष केशव लामाले मन्तव्य राखेका थिए । सोही अबसरमा उपस्थित सम्पुर्णले क्लबले कार्यथालेको लायन्स पार्कअनुगमन गरेका थिए । सम्पुर्णले अनुगमन पश्चात निर्माण सम्पन्न गर्न सबै सदस्यले सहयोग गर्ने निर्णय समेत भएको थियो ।