हङकङमा व्यवसाय गर्दै आएका युवा व्यवसायी आकाश बञ्जारा द्वारा विद्यार्थीलाई आर्थिक सहयोग

चितवन । चितवनको कालिका-६ घर भई हाल हङकङमा व्यवसाय गर्दै आएका युवा व्यवसायी आकाश बञ्जाराले आर्थिक अभावका कारण पढ्न समस्यामा रहेका विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन । कालिका नगरपालिका-६ ,भटेेनीका सुरज तिवारीलाई बञ्जाराले रु २० हजार रकम सहयोग गरेका हुन ।
सो रकम उनले पत्रकार शिशिर सिंखडा मार्फत पठाएका थिए । हस्तान्तरण कार्यक्रममा कालिका वडा नं ६ का वडा सदस्य बालकृष्ण अधिकारी, मुनलाइट इङलिस स्कुलका डाईरेक्टर चित्रबहादुर रायमाझी लगायतको उपस्थिति रहेकोे थियो । सुरज अहिले न्यू क्यापिटल कलेजमा १२ कक्षामा अध्ययनरत छन । सुरजलाई स्कुल पढ्न मुनलाइट इङलिस स्कुलका डाईरेक्टर चित्रबहादुर रायमाझीले सो स्कुलमा निशुुुल्क ब्यबस्था मिलाएका थिए ।
 आकाश हङकङका ह्याण्डिक्राफ्ट व्यवसायी हुन् । यस अघि पनि आकाशले मंगलपुरको गामबेशी चेपाङ केन्द्रमा आश्रित विद्यार्थीहरुका लागि , रत्ननगर २ का मुस्लिम बालबच्चाहरुका लागि पनि सहयोग गरेका थिए । त्यस्तैगरी रत्ननगर १५ को विन्ध्येश्वरी आधारभूत विद्यालय मा पनि सहयोग उपलब्ध गराएका थिए । रत्ननगर १५ कै ब्लड क्यान्सर पिडित विद्यार्थी शिरिषा लामिछानेको उपचारको लागि , मृगौला पिडित काठमाडौ निवासी कर्ण मोक्तानलाई पनि उनले सहयोग गरेका थिए । तेस्तै उनले रत्ननगर १५ कै आधारभुत विद्यालयमा अक्षय कोष समेत स्थापना गरिदिएका छन । यसका अतिरिक्त विभिन्न क्षेत्रका बिरामी, असहाय एवम् विभिन्न संस्थाहरुलाई पनि सहयोग गरेका छन् । सर्लाहीका टुहुरा ४ जना विद्यार्थीहरु पढाउन पनि उनले वार्षिक रुपमा आर्थिक सहयोग गरिरहेका छन् । 
काठमाडौमा रहेको आकाश ह्याण्डिक्राफ्ट उनका बुबा गोविन्द, भाइहरु प्रकाश र विकाशले हेर्दै आएका छन् भने उनले भने हङ्गकङ्गमा बसेर सो व्यवसाय गर्दै आएका छन् । मध्यम परिवार जन्मिएका आकाशले आफूले आम्दानी गरेको रकमको ठूलो हिस्सा समाजसेवामा खर्च गर्दै आएको समेत बताए ।
हङ्गकङ्गमा व्यवसाय गर्दै आएका आकाशलाई हङकङ निबासी क्याथलिङले पुर्ण रूपमा सघाँउदै आएकि छन् । उनी मार्फत पनि नेपालमा धेरै सहयोग भएको बञ्जाराले बताए ।